PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मोरङका ४७ जनासहित प्रदेश १ मा १ सय २१ जना संक्रमित थपिए, एक जनाको मृत्यु



फूलमाया पुरी

मोरङका ४७ जनासहित प्रदेश १ मा १ सय २१ जना संक्रमित थपिए, एक जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा शुक्रवार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४ जना संक्रमित थपिएका छन्। त्यस्तै, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा शुक्रवार ३२ जनामा संक्रमण देखिएको छ। जसमा १२ महिला र २० पुरुष रहेका छन्। त्यस्तै, मोरङको धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनबर्षीमा १ पुरुष तथा बुढीगंगामा १ महिलामा पनि शुक्रवार कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ३ महिला र २० पुरुष, दुहवीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष तथा गढीमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यता झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष तथा कनकाईमा १ महिला संक्रमित भएका छन्।

संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना हालसम्म संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। विराटनगरकी एक महिलाको मृत्यु भएको हो। यससँगै हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

प्रदेशमा शुक्रवार ६६ जना डिस्चार्ज भएका छन्। शुक्रवार सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा हालसम्म २ हजार १९ जना डिस्चार्ज भइसकेका छन्।

प्रदेश १ मा शुक्रवार ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ। परीक्षण भएकामध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएकोहो। प्रदेशमा हालसम्म १ लाख ५ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell