PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विदेशबाट फर्किएकालाई दिइने सवारी पास किर्ते गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

विदेशबाट फर्किएकालाई दिइने सवारी पास किर्ते गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : विदेशबाट फर्किएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमति पत्र (पास) किर्ते गरी ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोर्खा आरुघाट गाउँपालिका वडा नम्बर १० घर भई हाल काठमाडौंको कपुरधारा बस्ने २७ वर्षीय विश्वप्रकाश अधिकारी रहेका छन्। विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनलाई टोखा नगरपालिका वडा नम्बर ७ तिलिंगेटारबाट पक्राउ गरेको हो।

अधिकारीले कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र छाउनीबाट जारी गरिएको विदेशबाट फर्किएकाहरुलाई घरसम्म पुग्न दिइने सवारी अनुमति पत्र (सवारी पास) किर्ते गरी बिक्री गर्ने गरेको सीआइबीले जनाएको छ। पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्न खटिएका अधिकारीले किर्ते गरी बनाइएका पास २ हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको बताइएको छ।

प्रहरीले उनको साथबाट २ हजार नगदसहित कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र छाउनीबाट जारी भएको सही छाप गरेको र नगरेको पास १/१ थान बरामद गरेको छ। उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको सीआइबीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell