PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

धुर्कोट गाउँपालिकाले कृषि उपज संकलन गर्न निर्धारण गर्‍यो मूल्य : मुलाको सिन्की प्रतिकेही ४ सय, तितौरा ३८०



पहिलोपोस्ट

धुर्कोट गाउँपालिकाले कृषि उपज संकलन गर्न निर्धारण गर्‍यो मूल्य : मुलाको सिन्की प्रतिकेही ४ सय, तितौरा ३८०

काठमाडौं : गुल्मीको धुर्कोट गाउँपालिकाले कृषकका विभिन्न कृषि उपजहरुको संकलनका लागि मूल्य निर्धारण गरेको छ।

गाउँपालिका र ‘आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशीलता’ बुटवलबीच भएको सम्झौता अनुसार ग्रामिण किसानहरुद्वारा उत्पादित कृषि उपजहरु तोकिएको दरमा संकलन गरी संस्थाले खरिद गर्ने बताइएको छ।

गाउँपालिका भित्रका इच्छुक किसान, कृषि समूह, कृषि फर्महरुबाट कृषि विकाश शाखाले तोकेको ठाउँमा कृषि उपज संकलन गर्न सक्ने गाउँपालिकाले सूचना जारी गरेको छ।

निर्धारण गरिएको मूल्य अनुसार मुलाको सिन्कीको भाउ प्रतिकेजी ४ सय रुपैयाँ, तितौराको ३८०, बेसारको २८५, बोडीको १५० रुपैयाँ प्रतिकेजी रहेको छ। यीलगायत गाउँपालिकाले अन्य कृषि उपजको पनि मूल्य निर्धारण गरेको छ।

कार्यपालिकाले यसअघि पनि गत बैशाखमा कृषि उत्पादनमा लाग्ने युवाहरुलाई अनुदान दिने महत्वपूर्ण निर्णय गरेको थियो। कार्यपालिकाले बाँझो जग्गामा सुन्तला, कागती तथा अन्य फलफूल खेती गरेमा प्रति रोपनी ३ हजार रुपैयाँका दरले अनुदान दिने घोषणा गरेको थियो। त्यस्तै, बाँझो जग्गामा अन्नबाली, तरकारीवाली तथा मसलेदार खेती गरेमा प्रति रोपनी ४ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइने जनाएको थियो।

त्यस्तै, खेत बाँझो राख्नेलाई जरिबाना स्वरुप भूमिकरमा वृद्धि गर्ने निर्णय समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell