PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भर्चुअल माध्यमबाट अभियुक्तको म्याद थप, उच्च अदालत वीरगंज इजलासले गर्‍यो नयाँ प्रयोग



पहिलोपोस्ट

भर्चुअल माध्यमबाट अभियुक्तको म्याद थप, उच्च अदालत वीरगंज इजलासले गर्‍यो नयाँ प्रयोग

काठमाडौँः उच्च अदालत जनकपुरको वीरगंज इजलासले अर्चुअल माध्यमबाट अभियुक्तको म्याद थप गर्ने कार्यको थालनी गरेको छ।

कोरोना जोखिमका कारण अदालतमा भीड कम गर्ने रणनीति अनुसार यसअघि नै मातहतका अदालतलाई सर्वोच्चले म्याद थपमा वैकल्पिक विधि प्रयोग गर्न निर्देशन दिएको थियो। वीरगंज इजलासले शुक्रबार राजस्व चुहावट अभियोगका दुई अभियुक्तको अर्चुअल माध्यमबाट म्याद थप गरेको हो।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र कृष्णबहादुर थापाको संयक्त इजलासले अभियुक्तद्वय नवल साह र रञ्जितकुमार साहलाई अनुसन्धानका लागि १५ दिन थुनामा राख्न अनुमति दिएको छ। अदालतले असोज ९ गतेसम्म थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

यस्तै अदालतले आरोपित दुबैको कल डिटेल्स पनि सम्बन्धित सेवा प्रदायकसँग माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell