काठमाडौं : कोरोना भाइरसका कारण चितवनमा एक ६१ वर्षीय वृद्धको मृत्यु भएको छ। राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रवार साँझ ७ वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो।
गत बुधवार कोरोना संक्रमण पुष्टि भएका उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीवार आइसीयूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो।
स्वाथ्यकर्मीको अथक प्रयासका बावजुद एक्युट किड्नी इन्जुरी (एकेआइ) र कोभिड-१९ निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
