PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पुल्चोक घटनामा पक्राउ परेकाहरु रिहा भएको स्वागतमा दीप प्रज्वलन

पुल्चोक घटनामा पक्राउ परेकाहरु रिहा भएको स्वागतमा दीप प्रज्वलन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : गत बिहीबार पुल्चोकमा बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदै पक्राउ परेकाहरु रिहा भएको स्वागतमा पाटनको मंगलबजारमा दीप प्रज्वलन गरिएको छ। उक्त झडपका क्रममा र पछि पक्राउ परेका सबैलाई हिजो रिहा गरिएको थियो। उपत्यका र ललितपुरका जनप्रतिनिधिहरुको रोहबरमा उनीहरुलाई रिहा गरिएको थियो।

पक्राउ परेका अधिकांश ‘सम्पदा अभियन्ता’ लाई प्रहरीले गलत आरोप लगाएको भन्दै उनीहरुलाई रिहा गर्नुपर्ने माग उठेको थियो। प्रहरीले पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा अनुसन्धान गरिरहेको थियो। 'अभियन्ता' पक्राउ गरेको भन्दै उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शन हुन थालेपछि ललितपुर महानगरपालिका, उपत्यकामा जनप्रतिनिधि र पाटनका गुठी खल: हरुले समेत उनीहरुलाई रिहा गर्न आग्रह गरेका थिए।  



ट्रेन्डिङ पोस्ट

Ncell