PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त, ‘आयुर्वेदिक औषधिले कोरोना जित्न सहयोग पुग्यो’



रासस

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त, ‘आयुर्वेदिक औषधिले कोरोना जित्न सहयोग पुग्यो’

कर्णाली : जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन्। दश दिनको आइसोलेसन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपछि यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो। हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो। कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो। मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो।’

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरोनासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए। हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनले विश्वास छ। एक हप्ताको आइसोलेसन बसाइपछि नियमित काम आउने प्रजिअ थापाले जानकारी दिए।

कोरोना संक्रमणमुक्त भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताए। कोरोना भाइरसलाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पुर्‍याउन उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell