PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु



पहिलोपोस्ट

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरीको रामधुनी-५ झुम्काका ४३ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

शुक्रवार नै प्रतिष्ठानको ल्याबमा उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएपछि उनलाई जिल्ला अस्पताल सुनसरीबाट शुक्रवार नै रिफर गरिएको थियो।

उनी विगत १ वर्षदेखि झुम्का कारागारमा रहेको प्रतिष्ठानले जनाएको छ। १० दिनदेखि ज्वरो आएको र २ दिनअघि देखि खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनको शव नियमानुसार अन्त्येष्टि गरिने प्रवक्ता सापकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell