PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ओडिआई सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको जित, बिलिङ्सको शतकले टारेन इङ्ग्ल्याण्डको हार



पहिलोपोस्ट

ओडिआई सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको जित, बिलिङ्सको शतकले टारेन इङ्ग्ल्याण्डको हार

इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआइई सिरिज अन्तर्गत गएराति भएको खेलमा अस्ट्रेलियाले जित निकालेको छ। म्यानचेस्टरमा भएको सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डमाथि १९ रनको जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९४ रन बनाएको थियो। जसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाउँदा मिचेल मार्सले ७३ तथा मार्कस स्टोइनिसले ४३ रनको महत्वपूर्ण योगदान दिए। इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र मार्क उडले समान ३/३ विकेट लिँदा आदिल राशिदले २ विकेट तथा क्रिस वोएक्सले १ विकेट लिए।

२९५ रनको लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै समेटियो। इङ्ग्ल्याण्डका लागि साम बिलिङसले शतकीय पारी खेले पनि टिमको हारलाई टाल्न सकेनन्। उनले ११० बलमा ११८ रन बनाए। त्यसबाहेक जोन्नी बेइस्ट्रले ८४ रन बनाउँदा कप्तान इयोन मोर्गनले २३ तथा क्रिस ओएक्सले १० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिँदा जोस हेजलउडले ३ विकेट तथा प्याट कमिङ्स र मिचेल मार्सले समान १/१ विकेट लिए।

सिरिजको दोस्रो खेल भोलि साँझ पौने छ बजेबाट म्यानचेस्टरमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell