PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

अफगान सरकार र तालिवान बीच पहिलो शान्ति वार्ता हुँदै



पहिलोपोस्ट

अफगान सरकार र तालिवान बीच पहिलो शान्ति वार्ता हुँदै
Reuters

अफगान सरकार र तालिबानबीच पहिलो शान्ति वार्ता हुने भएको छ। तोकिएभन्दा महिनौ पछाडि शनिवार कतारमा वार्ता सुरु हुन लागेको छ।

उक्त वार्ता फेब्रुअरीमा अमेरिकी-तालिबानबीच सुरक्षा सम्झौता भएपछि हुने भनिएको थियो। तर, तालिवानी समूहका केही बन्दी कैदमा रहेको विवादका कारण वार्ता रोकिएको थियो।

बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले उक्त शान्ति वार्ता उद्घाटन गर्दैछन्। त्यसैले यस बैठकलाई ऐतिहासिक भनिएको छ।

बैठकका लागि अफगानका प्रतिनिधिमण्डल शुक्रवार दोहा पुगेका छन्। शुक्रवार नै १९ वर्षअघि अमेरिकामा भएको हमला पछि तालिवान शासनको अन्त्य भएको थियो।

उक्त प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्ला अब्दुल्लाले आफूहरूले ‘न्यायपूर्ण र मर्यादित शान्ति’को खोजीमा भएको बताएका छन्।

बिहीवार तालिवानका छ जना कैदीको अन्तिम समूह रिहा भएपछि उनीहरूले शान्ति वार्तामा भाग लिने सहमती जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell