PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

‘हु वान्ट्स टु बि अ मिलिनियर?’मा शिक्षकले तोडे १४ वर्ष लामो इतिहास, बने दश लाख पाउन्ड विजेता



पहिलोपोस्ट

‘हु वान्ट्स टु बि अ मिलिनियर?’मा शिक्षकले तोडे १४ वर्ष लामो इतिहास, बने दश लाख पाउन्ड विजेता
ITV

अन्तर्राष्ट्रिय टिभी रियालिटी सो ‘हु वान्ट्स टु बि अ मिलिनियर?’ को १४ वर्षको इतिहासमा पहिलो पटक १० लाख पाउन्ड विजेता बनेका छन् डोनाल्ड फियर। ५७ वर्षीय डोनाल्डले उक्त पुरस्कार राशी जितेका हुन्।

डोनाल्डले जेरेमी क्लार्कसनले सोधेका थिए : ‘सन् १७१८ मा भएको ब्याटल अफ त कोस्टमा कुन समुद्री डाकुको निधन भएको थियो?’

१५ औं प्रश्नमा ‘फिफ्टी फिफ्टी” लाइफ लाइन प्रयोग गरेका थिए। इतिहास र राजनीति अध्यापक रहेका उनले जवाफमा ‘ब्ल्याक बियर्ड’को नाम लिए र विजेता घोषित भए।

गत सेप्टेम्बरमा डोनाल्डका दाइ ड्याभिथले पाँच लाख पाउन्ड जितेका थिए। उनी भूगोल अध्यापक हुन्।

आफ्नो दाइबारे डोनाल्डले भनेका छन् : मेरो दाइ मेरो हिरो र सबैभन्दा मिल्ने साथी हुन्।

उनी मिलियन-पाउन्ड जित्ने छैटौं व्यक्ती हुन्।

उनले जितेको रकम परिवार र आफ्नो ‘रिडार्ड’ जीवनलाई सहज बनाउन खर्च गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell