PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

इजराइलसँग बहराइनले पनि गर्‍यो शान्ति सम्झौता, बिन्यामिन नेतन्याहूले भने : शान्तिको नयाँ युग सुरु



पहिलोपोस्ट

इजराइलसँग बहराइनले पनि गर्‍यो शान्ति सम्झौता, बिन्यामिन नेतन्याहूले भने : शान्तिको नयाँ युग सुरु
Getty Images

इजराइल र खाडी देश बहराइनले कुटनीतिक सम्बन्ध सामान्य बनाउन ऐतिहासिक समझौता गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त शान्ति सम्झौता बारे घोषणा गरे।

यसअघि यूनाइटेड अरब एमिरेट्सले इजराइलसँग शान्ति सम्झौता गरेको थियो।

राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्,’बहराइन ३० दिनको अन्तरालमा इजराइलसँग शान्ति सम्झौता गर्ने दोस्रो अरब देश हो।‘ 

दशकौं यता प्राय अरबी मुलुकले इजराइल र प्यालेस्टाइन विवाद साम्य नभएसम्म शान्ति सम्झौता गर्ने बताए।

इजराइल- प्यालेस्टाइनी संघर्षको हल गर्न गत जनवरीमा अमेरिकाले साथ दिएको थियो। अमेरिकी राष्ट्रपतिले मध्य पूर्व शान्ति योजना अन्तर्गत् यूएइ र इजराइललाई सम्बन्ध स्थापना गर्न सहयोग पुर्‍याइएको थियो।

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले यी सम्झौताहरूलाई ‘उत्साहजनक’ भएको बताएका छन्। बीबीसीका अनुसार उनले शान्तिको नयाँ युग सुरु भएको बताएका छन्। यसले सबै देशको अर्थव्यवस्थामा सकारात्मक असर पार्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell