PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सोनु सुदको शिक्षा योजना : प्राध्यापक आमाको नाममा दिँदैछन् छात्रवृत्ति



पहिलोपोस्ट

सोनु सुदको शिक्षा योजना : प्राध्यापक आमाको नाममा दिँदैछन् छात्रवृत्ति

कोरोना भाइरसको संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनमा सक्रिय रहे बलिउड अभिनेता सोनु सुद। उनले प्रवासी मजदुर लागि सहयोग पुर्‍याए। पैदल हिँडेर घर फर्किरहेकाहरूलाई प्लेन, बस र रेलमार्फत् पठाउने, रासन वितरणदेखि अलपत्र परेकाहरूको उद्धार गरे। देशमा मात्र नभएर विदेशमा अल्झिएका भारतीय विद्यार्थीलाई समेत देश फर्काए।

अब सुदले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने भएका छन्। स्कूल, कलेजका विद्यार्थी भर्चुल क्लासमार्फत पढिरहेका छन्। तर, भारतका सबै विद्यार्थीसँग इन्टरनेट साथै मोबाइल/ल्यापटपको पहुँच छैन। पहुँच एवं पैसा नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन्।

उनकी मृत आमा प्राध्यापक सरोज सुदको नाममा छात्रवृत्ति उपलब्ध गराउने भएका हुन्। उनकी आमाले विद्यार्थीहरूलाई नि:शूल्क पढाउँथिन् र आफ्नो मृत्यु पछि पनि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन आग्रह गरेको सुदले बताएका छन्। अनलाइन क्लासको पहुँच नभएका जेहेनदार विद्यार्थीहरूलाई उनले सहयोग गर्नेछन्। त्यसका लागि आफूले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेको बताए।

मेडिकल, इन्जिनियरिङ, आर्टिफिसिय यन्टेलिजेन्स, रोबोटिक एण्ड अटोमेसन, साइबर सेक्युरिटी, डाटा साइन्स, फेसन, पत्रकारिता र बिजनेस स्डडिजका विदयार्थीले छात्रवृत्ति पाउने छन्। वार्षिक २ लाखभन्दा कम आमदानी हुने परिवारको सदस्यले यस योजना अन्तर्गत सेवा लिन आवेदन दिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell