PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पोखरामा कोभिड-१९ संक्रमित एक महिलाको मृत्य



पहिलोपोस्ट

पोखरामा कोभिड-१९ संक्रमित एक महिलाको मृत्य

काठमाडौं : पोखरामा कोभिड-१९ संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-५ का ४५ वर्षीया महिलाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको हो। पोखरा महानगरपालिकास्थित फिस्टेल अस्पतालमा राति मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ।

त्यस्तै गण्डकी प्रदेशमा थप ३८ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमण देखिएको हो। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell