PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

२४ घण्टाभित्र ललितपुरमा कोभिड-१९ संक्रमित तीन जनाको मृत्यु



पहिलोपोस्ट

२४ घण्टाभित्र ललितपुरमा कोभिड-१९ संक्रमित तीन जनाको मृत्यु
फाइल फोटो

काठमाडौं : ललितपुरमा कोभिड-१९ संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ।

भदौ १७ गतेदेखि ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको शुक्रवार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

त्यस्तै आज बिहान कोभिड संक्रमण भइर उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भदौ १९ गते अस्पताल भर्ना भएका उनको आज बिहान २ बजे मृत्यु भएको हो।

आज बिहानैललितपुरको मेघा अस्पतालमा कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो। भक्तपुरका ३८ वर्षका उनको आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell