PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रुपन्देहीमा थप २ कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा थप २ कोभिड-१९ संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत् रुपन्देही ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुष र देवदह नगरपालिका वडा नम्वर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

४० वर्षीय पुरुषको शनिवार बिहान १२ बजेर ३० मिनेटमा लुम्बिनी प्रादेशिक अस्पतालका मृत्यु भएको हो। उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा १४ गते नै कोभिड १९ पोजेटीभ पुष्टि भएको थियो। संक्रमण पुष्टी भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

त्यस्तै  देवदहका ६० वर्षीय पुरुषको शुक्रवार साँझ ५ बजेर ३७ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि शुक्रवार नै अस्पताल भर्ना गरिएको थियो। कोभिड-१९ पुष्टिपछि अस्पतालको फेभर क्लिनिकमा राखेर उपचार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell