PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सामाजिक सञ्जालमा दाहा मोहर्रम फोटो शेयर गरिएको विषयमा दुई समूहबीच झडप

सामाजिक सञ्जालमा दाहा मोहर्रम फोटो शेयर गरिएको विषयमा दुई समूहबीच झडप

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुरधाम : मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि जनकपुरधामको रुपैठामा दुई समूहबीच झडप भएको छ। हिन्दु र मुस्लिम समुदायका केही युवाहरुबीच झडप भएको हो।

केही दिन अगाडी एक हिन्दु युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरे लगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको बताइएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको सो विवादमा शनिबार दूबै पक्ष बीच केहीबेर ढुंगामूढा भएको थियो।

शनिबार बिहान शुरु भएको सो झडप नियन्त्रणमा आएको छ। विवाद समाधानका लागि दूबै पक्ष बीच वार्ता भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

प्रहरीले झडप नियन्त्रणमा लिनका एक दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। यद्यपि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले ३-४ राउण्ड अश्रु ग्यास प्रहार गरिएको बताए।

यता मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समुहले त्यहीँ रहेको एक पसलमा तोडफोड गर्नुका साथै पसलनै भत्काएका छन्। झडपलाई नियन्त्रणमा लिनका लागि इन्सपेक्टरको कमाण्डमा ६० जनाको टोलीका साथै सशस्त्र प्रहरीको टोली समेत खटाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell