PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

टिकटक प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार नगर्ने डोनाल्ड ट्रम्पको अडान



रासस

टिकटक प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार नगर्ने डोनाल्ड ट्रम्पको अडान

अमेरिकामा आउँदो सेप्टेम्बर १५ देखि टिकटक बन्द गर्ने भएको छ। भिडियो सेयरिङ एप टिकटकसँगै अन्य चिनियाँ एप्लिकेसनहरू माथि प्रतिबन्ध लगाइन लागेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्णयमाथि पुनर्विचार गर्न नसकिने बताएका छन्। ‘प्रतिबन्ध सुरु हुने मिति नजिकिँदो छ। त्यस मितिलाई पछि सार्ने कुरा हुँदैन,’ राष्ट्रपति ट्रम्पले भने।

अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो धारणा राखेका हुन्।

ट्रम्पले यस मुद्धाको सुरुवातदेखि नै टिकटकले अमेरिकीहरूको निजी जानकारी चीन सरकारलाई दिइरहेको आरोप लगाइ रहेका छन्। उनले उक्त एपले गोपनीयता भङ्ग गर्ने आरोप लगाउँदै आएका छन्।

चिनियाँ एपहरूमाथि प्रतिबन्ध लाग्नु राष्ट्रिय सुरक्षाको विषयका रुपमा व्याख्या गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell