PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खोकनामा जारी छ आन्दोलन: सेनाले पुल बनाउन सुरु गरेपछि स्थानीयले गरे प्रतिरोध

खोकनामा जारी छ आन्दोलन: सेनाले पुल बनाउन सुरु गरेपछि स्थानीयले गरे प्रतिरोध

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटर निर्माण गर्ने क्रममा पुल बनाउन सुरु गरिएपछि स्थानीयले विरोध प्रदशर्न गरेका छन्।

निषेधाज्ञाको समयमा जनतालाई घरभित्र थुनेर फास्ट ट्रयाक निर्माण गरेको भन्दै स्थानीयले केहीदिनदेखि विरोध जनाउँदै आएका छन्।

'निषेधाज्ञाको समयमा हामीलाई थुनेर यहाँ सडक बनाउने काम भयो। राति सेनाले आएर यहाँ काम गरिरहेको छ। जबसम्म हाम्रो माग पुरा हुँदैन हामी आन्दोलन गरिरहन्छौं' एक स्थानीयले भने।

शनिवार बिहानै देखि खुदोलमा पुगेका स्थानीयले नदीमा पुल निर्माण गर्न ल्याइएका सामानहरु त्यही बनाएको खाल्डोमा फालिदिएका छन्।

'खोकना बचाऔं, सेभ खोकना, नो स्माट सिटी' लेखेको मास्क लगाएर किसान आन्दोलनमा उत्रेका हुन्।

असार १५ गते पनि खेतमा रोपाइ गर्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो। यस्तै साउनमा पनि स्थानीयले फास्ट ट्रयाकको विरोधमा खुदोल फाँटमा प्रदर्शन गरेका थिए। किसानहरुले फास्ट ट्रयाकको विरोधमा खुदोलमा धान रोपाइ गरी सांकेतिक विरोध प्रदर्शन समेत गरेका थिए।   

खोकनाको अन्न भण्डारका रुपमा रहेको कुदेश, खुदोल हुँदै सरकारले फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेदेखि त्यसको विरोध भइरहेको छ।

खोकना र बुंगमती हुँदै काठमाडौं-तराई (मधेश) द्रुतमार्ग (फास्ट ट्रयाक)सँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ,  नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका हुन्।

सबै परियोजना एकै स्थानमा पारेर खोकनाको सभ्यता विनाश गर्न सरकार उद्दत रहेको स्थानीयको आरोप छ। उनीहरुले फास्ट ट्रयाक लगाउयतका परियोजना खोकनाको सभ्यता नमासिने गरि विकास गर्द माग गर्दै आइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell