काठमाडौः पछिल्लो २४ घण्टामा ४९ जिल्लामा कोरोना भाइरसका नयाँ संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १० हजार १७६ नमुना मध्ये ४१६ महिला र ७८५ पुरुष गरी एक हजार २०१ जनामा संक्रमण पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा ५३ हजार १२० जनामा संक्रमण पहिचान भएको छ। हालसम्म ३७ हजार ५२४ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् भने १५ हजार २६० सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३३६ पुगेको छ। हाल १६० जना आइसीयुमा र ३४ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
कुन जिल्लामा कति?
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा ३३१ जनामा रहेका छन्। जुन नेपालमा नयाँ थपिएका संक्रमितको ३५.८८ प्रतिशत हो। जसमध्ये काठमाडौं जिल्लामा मात्र ३७७ रहेका छन्। त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ३७ जना रहेका छन्। त्यस्तै मकवानपुरमा १०७ जना संक्रमित पहिचान भएका छन्। सर्लाहीमा ८३, रुपन्देहीमा ८१, मोरङमा ५८ र नवलपरासी पूर्वमा ५१ जनामा संक्रमण पुष्टि भएको छ।
सुनसरी, सर्लाही, काठमाडौं, चितवन, ललितपुर र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

