PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ मा शनिवार ३ जनाको कोरोनाबाट मृत्यु, विराटनगरका ४६ जनासहित ७७ जना संक्रमित थपिए



फूलमाया पुरी

प्रदेश १ मा शनिवार ३ जनाको कोरोनाबाट मृत्यु, विराटनगरका ४६ जनासहित ७७ जना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरीको रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

प्रदेश १ मा शनिवार ७७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा शनिवार ४६ जनामा संक्रमण देखिएको छ। जसमा २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। त्यस्तै, मोरङको बुढीगंगामा ५ महिला र ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिलामा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा २ महिला र ६ पुरुष, इनरुवा र धरानमा २/२ पुरुष, रामधुनी र दुहवीमा १/१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको छ।

प्रदेश १ मा शनिवार ३६ जना डिस्चार्ज भएका छन्। कालीसदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आइसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आइसोलेसनबाट ४ र कोभिड-१९ आइसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ।

प्रदेश १ मा शनिवार १ हजार २ सय १२ जनाको पीसीआर परीक्षण भएको छ। परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ६ हजार ९ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell