PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मन्त्री सोनलले ६ वर्षदेखि अलपत्र काशी तिवारी पुलको गरे स्थलगत निरीक्षण



राधेश्याम पटेल

मन्त्री सोनलले ६ वर्षदेखि अलपत्र काशी तिवारी पुलको गरे स्थलगत निरीक्षण

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले ६ वर्षदेखि अलपत्र रहेको पर्साका काशी तिवारी पुलको स्थलगत निरीक्षण गरेका छन्।

वीरगंज २१ लिपनीविर्तामा श्रीसिया खोालमा निर्माणाधिन पुलको दुवै छेउको सडकमा तारजाली तथा बोल्डर गर्नको लागि उनले प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय वीरगंजका प्राविधिकलाई लागत स्टीमेट गरी काम शुरु गर्न निर्देशन दिएका छन्।

लिपनीविर्ता वडाका बासिन्दाका आग्रहमा पुलको काम ८५ प्रतिशत पूरा भइसकेको तर बाँकी १५ प्रतिशत काम पूरा गराई दुवै छेउको बाटोको निकास गरिदिन आग्रह गरेपछि उनी पुलको निरीक्षण गर्न पुगेका हुन्।

६ वर्ष पहिले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सो पुल शिलान्यास गरे तापनि सपना निर्माण सेवा हेटौँडाले काम पूरा नगर्दा ६ वर्षमा पनि पुल बन्न सकेको छैन। अढाई करोड बजेट रहेको सो पुलको २०७१ मंसिर २४ मा शिलान्यास भई २०७३ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न् गराउनु पर्ने ठेकेदार कम्पनीले सडक डिभिजन कार्यालय हेटौडासंग सम्झौता गरेको थियो।

सो अवसरमा वडा अध्यक्ष हबिब मिया, लिपनीविर्ताका वडा सदस्य जतन राउत कुर्मी, खेदु मण्डल, अनिल यादव, केदार पटेल, अनिल श्रीवास्तव लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell