PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उद्घाटन खेलमा फुलहमलाई हराउँदै प्रिमियर लिगमा आर्सनलको सुखद सुरुवात



पहिलोपोस्ट

उद्घाटन खेलमा फुलहमलाई हराउँदै प्रिमियर लिगमा आर्सनलको सुखद सुरुवात

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा आर्सनलले फुलहमलाई हराउँदै सुखद सुरुवात गरेको छ। क्राभेन कटेज स्टेडियममा भएको खेलमा घरेलु टोली फुलहमलाई ३-० ले हराउँदै आर्सनलले सिजनको सुखद सुरुवात गरेको हो।

आर्सनलको जितमा अलेक्जेन्ड्रे लाकाजेट, गाब्रियल र पियरे एम्रिक औबुमेयाङले गोल गरे। खेलको ८ औं मिनेटमै लाकाजेटले आर्सनललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको आर्सनलका लागि गाब्रियलले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले खेलको ४९ मिनेटमा विलियनको पासमा गोल गरेका थिए। त्यस्तै विलियनकै पासमा ५७ औं मिनेटमा औबुमेयाङले अर्को गोल थप्दा आर्सनलले सिजनको पहिलो खेलमै फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको हो।

पछिल्लो समय एफए कप र कम्युनिटी सिल्डमा क्रमश चेल्सी र लिभरपुललाई हराउँदै च्याम्पियन बनेको आर्सनलले प्रिमियर लिगमा राम्रो सुरुवात गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell