PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

तुलसीपुर उपमहानगरपालिकाका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि



रासस

तुलसीपुर उपमहानगरपालिकाका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नम्बर ८ स्थित भिमसेन नगर शहरी प्रवर्द्धन केन्द्र, वडा नम्बर ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नम्बर १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नम्बर ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन्। जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नम्बर ६ का ६, वडा नम्बर १८ का चार, वडा नम्बर २, ८ र १६ मा २/२ जना तथा वडा नम्बर ३, ४, ५, १५, १७ र १८ मा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या १४१ पुगेको छ। सोमध्ये ८७ जना डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell