PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

स्वास्थ्यमन्त्रीको कोरोना जितेका कर्मचारीसँग अन्तरक्रिया, ‘समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ’



रासस

स्वास्थ्यमन्त्रीको कोरोना जितेका कर्मचारीसँग अन्तरक्रिया, ‘समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कोरोना जितेर फर्किएका कर्मचारीसँग अन्तरक्रिया गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए।

मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजिटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुनेका हुन्। उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव  बाहिर आउनुपर्ने बताए।

मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गरे। उनले कोरोनाबाट बच्नका लागि पूर्व जीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिँदै देशभर यस्तो खालको सन्देश प्रवाह गर्नुपर्ने बताए।

मन्त्री ढकालले कोरोनाबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेकामा जोड दिँदै कोही पनि आतङ्कित हुन नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell