PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

कोरोना संक्रमितको उपचारका लागि बंगलादेशले उपलब्ध गराएको ‘रेमडेसिभिर’ औषधि नेपाल आइपुग्यो



रासस

कोरोना संक्रमितको उपचारका लागि बंगलादेशले उपलब्ध गराएको ‘रेमडेसिभिर’ औषधि नेपाल आइपुग्यो

काठमाडौं : बंगलादेशले कोभिड-१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ।

नेपाली सेनाको स्काई ट्रक मार्फत शनिवार साँझ पाँच हजार थान औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell