PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एयरपोर्टबाट यसरी गुडाउँदै नारायणहिटी संग्रहालय पुर्‍याइयो जहाज

एयरपोर्टबाट यसरी गुडाउँदै नारायणहिटी संग्रहालय पुर्‍याइयो जहाज

पहिलोपोस्ट /पहिलोपोस्ट


दुई वर्षदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एक जहाज नारायणहिटी दरबार संग्रहालयमा पुर्‍याइएको छ। विमानस्थलबाट सडकमार्ग हुँदै उक्त जहाज संग्रहालय पुर्‍याइएको हो।

पूर्व राजा र राजपरिवारका सदस्यहरुले प्रयोग गरेको नेपाली सेनाको एनए–२० एभ्रो जहाज दुई वर्षदेखि विमानस्थलमा थन्किएको थियो। उक्त जहाज सर्वसाधरणको अवलोकनका लागि खुला गर्नेगरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा संग्रहालय पुर्‍याइएको हो।

जहाज साँझ करिब ७ बजेबाट एयरपोर्टबाट गुडाइएको थियो। राति १२ बजे जहाज संग्रहालयको गेटमा पुर्‍याइयो।

यसरी पुर्‍याइयो जहाज संग्रहालय, हेर्नुस् तस्विरमा।

तस्विरहरुः प्रवीण रानाभाट/समर्थ रञ्जित



ट्रेन्डिङ पोस्ट

Ncell