PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उत्कृष्ट पुनरागमन गर्दै ओसाकाले जितिन् युएस ओपनको उपाधि



पहिलोपोस्ट

उत्कृष्ट पुनरागमन गर्दै ओसाकाले जितिन् युएस ओपनको उपाधि

नाओमी ओसाकाले बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई हराउँदै युएस ओपनको उपाधि जितेकी छिन्। २२ वर्षे जापानी खेलाडी ओसाकाले १-६, ६-३, ६-३ ले अजारेन्कालाई हराउँदै दोस्रो पटक युएसओपनको उपाधि जितेकी हुन्।

पहिलो सेटमा १-६ ले पछि परेकी ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेकी हुन्। खेल जितेसँगै भावुक बनेकी ओसाका विस्तारै कोर्टमा सुतेर न्युयोर्कको आकाशलाई नियालेकी थिइन्।

सन् २०१८ मा युएस ओपन, २०१९ मा अस्ट्रेलिया ओपन जितेकी उनले यसपटक सहित तीन ग्राण्डस्लाम जितेकी छिन्।

यो सँगै उनी तीनपटक ग्राण्डस्लामको फाइनल खेलेर सबै जित्ने जेनिफर काप्रिएटी पछिकी दोस्रो खेलाडी बनेकी छिन्।

‘अब म तपाईंसँग साच्चीकै अरु फाइनल खेल्न चाहन्न। मैले साँच्चै यो इन्जोए गरिन। यो मेरोलागि धेरै टफ म्याच थियो,’ ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘यो मेरालागि धेरै प्रेरणादायक थियो किनभने म सानो हुँदा तपाइँको खेलहरु हेर्ने गर्थेँ। मैले धेरैकुराहरु तपाईबाट सिकेकी छु। त्यसैले धन्यवाद।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell