PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

क्लब छाड्ने असफल प्रयासपछि पहिलो पटक बार्सिलोनाको जर्सीमा उत्रिए मेस्सी



पहिलोपोस्ट

क्लब छाड्ने असफल प्रयासपछि पहिलो पटक बार्सिलोनाको जर्सीमा उत्रिए मेस्सी

च्याम्यियन्स लिग पछिको केही समय विश्वफुटबल क्षेत्र मेस्सीमय बन्यो। कारण थियो बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले क्लब छाड्ने चर्चा। अरु बेला पनि मेस्सीका बारेमा यस्ता हल्ला चलिरहने भए पनि यसपटक चाहीँ मेस्सी आँफैले क्लब छाड्ने मनस्थितिमा आफू पुगेको क्लबलाई औपचारिक जानकारी गराएका थिए। तर सबैकुरा सोचेजस्तो भएन। र, रिलिज क्लजको विवाद लम्बिँदै जाँदा मेस्सी बार्सिलोनामै एक सिजन बिताउँन राजी भए।

बार्सिलोना छाड्ने मनस्थितिमा रहँदा कोभिड परीक्षण र अभ्यासमा जान समेत अस्विकार गरेका मेस्सीले लामो विवादका शृङ्खला पछि गएरातिको खेलबाट फेरी बार्सलोनाबाट खेलेका छन्।

गएराति भएको जिम्नास्टिक डि टारागोनासँगको खेलमा मेस्सी मैदानमा उत्रिए। उनी बार्सिलोनाको कप्तानकै भूमिकामा छन्।

गएराति भएको उक्त मैत्रीपूर्ण खेलमा बार्सिलोनाले ३-१ ले जित निकालेको थियो। जसमा बार्सलोनाका लागि ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र फिलिपे काउन्टिन्होले गोल गरेका थिए भने जिम्नास्टिकका लागि जाभी बोनिल्लाले सान्त्वना गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell