PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ला लिगा: एथ्लेटिक क्लबमाथि ग्रानडाको जित



पहिलोपोस्ट

ला लिगा: एथ्लेटिक क्लबमाथि ग्रानडाको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथलेटिक क्लबमाथि ग्रानडाले जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको छ। लस कारमेनेस स्टेडियममा भएको खेलमा एथ्लेटिक क्लबले २-० को रोमाञ्चक जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ग्रानडाले दुबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४९ औं मिनेटमा एन्जेल मोन्टोरोको पासमा यान्जेल हेरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल लुईस मिल्लाले खेलको ५५ औं मिनेटमा गरे।

त्यस्तै गएराति नै भएका अरु खेलहरुमा सेल्टा भिगो र इबरले गोलरहित बराबरी खेल्दा ओसासुनाले काडिचलाई २-० ले हरायो। खेलको १० औं मिनेटमा एड्रियन लोपेज र ७९ मिनेटमा रुबेन ग्रासियाले गोल गर्दै ओसासुनाको सिजनको पहिलो खेलमै जित सुनिश्चित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell