PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पहिरोमा १९ घर पुरियो, कम्तिमा २८ मानिस बेपत्ता, दुईको भेटियो शव, मौसमले साथ नदिँदा उद्धारको हेलिकप्टर जान सकेन



पहिलोपोस्ट

पहिरोमा १९ घर पुरियो, कम्तिमा २८ मानिस बेपत्ता, दुईको भेटियो शव, मौसमले साथ नदिँदा उद्धारको हेलिकप्टर जान सकेन

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा परी कम्तिमा २८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार २८ घर पहिरोमा परेका छन्। राति पहिरो गएकाले मानिसहरु घर पुरिँदा बेपत्ता भएका हुन्।

नागपुजे र भीरखर्कमा पहिरोले ठूलो क्षति पुर्‍याएको हो। सभामुख अग्नि सापकोटा पहिरो पीडितको अवस्था बुझ्न काठमाडौंबाट हिँडिसकेका छन्।

नेपाली सेनाको हेलिकप्टर पहिरो गएको ठाउँमा उद्धारका लागि जान खोज्दा पानीका कारण जान नसकेको ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell