काठमाडौं : गण्डकी प्रदेशमा नेपाली सेना सहित थप ३२ जनामा कोभिड १९ संक्रमण भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका ३२ जना संक्रमण देखिएको हो।
यसरी संक्रमण देखिएकामध्ये १६ जना नेपाली सेना रहेका छन्।| लमजुङ सुन्दरबजार-९ का १६ जना सेनामा कोभिड १९ पोजेटिभ देखिएको हो। त्यस्तै, संक्रमण देखिएका पोखरा महानगरपालिका-१६ का २० वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन्। संक्रमण देखिएका उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९३५ पुगेको छ।
