PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना जितेका भारतीय गृहमन्त्री शाहलाई श्वासप्रश्वासको समस्या, एम्समा भर्ना



पहिलोपोस्ट

कोरोना जितेका भारतीय गृहमन्त्री शाहलाई श्वासप्रश्वासको समस्या, एम्समा भर्ना

भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन्। कोभिड १९ संक्रमणलाई जितेका शाहलाई फेरि श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको इण्डिया टुडेले जनाएको छ।

कोरोना संक्रमणमुक्त भए पनि गृहमन्त्री शाहलाई श्वासप्रश्वासमा समस्या देखिएको हो। चिकित्सकहरुले शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुको निगरानीमै उनको उपचार चल्नेछ। शाहलाई एम्सको कार्डियो न्यूरो टावरमा भर्ना गरिएको छ।

गृहमन्त्री शाह अगस्ट महिनामा कोरोना संक्रमित भएका थिए। मेदान्ता अस्पतालमा उपचारपछि दुई सातामा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

संक्रमणमुक्त भएको केही दिनपछि शाहको स्वास्थ्यमा समस्या देखिएपछि एम्समा भर्ना गरियो। हल्का खोकी भएको पाइयो। १२ दिन उपचार भयो। अनि डिस्चार्ज भए।

फेरि अहिले उनको स्वास्थ्यमा समस्या देखिएपछि एम्समै भर्ना गरेर उपचार सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell