काठमाडौः बाग्लुङमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। रातिदेखि परेको पानीको कारण पहिरो खस्दा जैमिनी नगरपालिका-५ बिनामारे बस्ने निलकण्ठ पौडेलको घर माथीबाट बाँसको झाङसहितको पहिरो आई घर पुरिँदा दुई जनाको मृत्यु भएको हो।
आन्दाजी ७५ वर्षीय जाल्पादेवी पौडेल घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै घरमा बस्दै आएका ७ जनामध्ये निलकण्ठ पौडेल सामान्य घाईते भएको र बाँकीको अवस्था सामान्य रहेको छ।
त्यस्तै जैमिनी नगरपालिका १ टुनिबोटमा पनि पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। मणिभद्र पाध्याको घरमाथिबाट सडकमा लगाएको ग्याविन जालीसहितको पहिरोले घर पुरिदा अन्दाजी ६५ वर्षीय लक्ष्मीदेवी पाध्याको घरभित्रै पुरिएर मृत्यु भएको हो। घरमा तीन जना रहेकोमा अन्य दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
