PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

बारामा तस्करीका ११ लाखको सामान र मिनी ट्रक भन्सार चलान



राधेश्याम पटेल

बारामा तस्करीका ११ लाखको सामान र मिनी ट्रक भन्सार चलान

वीरगंज : कोरोना महामारीको समयमा पनि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोकिएको छैन। बाराको ग्रामीण नाकाबाट नेपाल–भारतबीच भइरहेको तस्करीको ११ लाख ७२ हजारको सामान बारा प्रहरीले बरामद गरेको छ भने सो सामान ओसारपसारमा प्रयोग भएका एक मिनी ट्रक र एक मोटरसाइकल पनि बरामद गरेको जनाएको छ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार भारतबाट भन्सारी छली गरी ल्याएको किाराना समान तथा नेपालबाट तस्करी गर्न लागिएको केराउ गरी कुल ११ लाख ७२ हजारका सामान बरामद भएको हो। उनले बारामद भएको सामान तथा ना ७ ख ६८५८ नम्बरको मिनी ट्रक तथा एउटा नम्बर नखुलेको मोटरसाइकल पनि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार चलान गरिएको जनाए।

नेपालभन्दा सस्तोमा किराना सामान भारतमा पाइने भएकोले भन्सार छली गरी बाराका पसलेहरु भारतबाट उक्त समान तस्करबाट मगाउने गरेका छन् भने तेस्रो मुलुकबाट आएको केराउ, छोकडा, मरिचलगायतको समान नेपालभन्दा भारतमा महँगोमा बेचिने भएकोले नेपालबाट यी वस्तुहरु भारत तस्करी हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell