PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

श्रीमती लिन ससुराली पुगेका पुरुषको हत्या, ससुरासहित ५ जना पक्राउ



पहिलोपोस्ट

श्रीमती लिन ससुराली पुगेका पुरुषको हत्या, ससुरासहित ५ जना पक्राउ

बाँके : ज्वाइँ हत्याको अभियोगमा ससुरासहित ५ जना पक्राउ परेका छन्।

नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell