PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

खुल्न थाले सपिङ मलहरु, हप्तामा तीन दिन यसरी सञ्चालन गरिँदै

खुल्न थाले सपिङ मलहरु, हप्तामा तीन दिन यसरी सञ्चालन गरिँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : उपत्यकाका सपिङ मलहरु शनिवारबाट खुल्न थालेका छन्।

कोभिड-१९ महामारीपछि सरकारले शुरु गरेको लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका मलहरु खुल्न थालेको हो।

मलहरुमा कोभिड-१९ रोकथामका लागि सामाजिक दुरी कायम गर्नेदेखि पसलमा आउने ग्राहकको संख्यासमेत तोकेका छन्।

पसलको साइज हेरेर ग्राहक संख्या तोकिएको लबिम मलका लिज मेनेजर मोहमद आलिमले बताए। उनले शुरुमा ५० प्रतिशत पसलमात्र खुलेको बताए।

मलहरु हप्ताको तीन दिन सोमवार, बुधवार र शनिवार खुल्ने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell