PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

काठमाडौंको एक घरमा पुरुषको शव फेला, ट्याक्सीमा हालेर लैजान खोज्दा महिला पक्राउ



पहिलोपोस्ट

काठमाडौंको एक घरमा पुरुषको शव फेला, ट्याक्सीमा हालेर लैजान खोज्दा महिला पक्राउ
प्रतिकात्मक फोटो

काठमाडौ : नयाँ बस्ती पाटीटारस्थित घरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। खोटाङ घर भएर आरुबारीमा डेरा गरी बस्दै आएका ४१ वर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन्। उनी ट्रेकिङ गाइडका रुपमा काम गर्दै आएका थिए।

प्रहरीले घटनाको अनुसन्धानको लागि एक महिलालाई समेत नियन्त्रणमा लिएको छ। उनी तिनै महिलाको कोठामा मृत अवस्थामा फेला परेका हुन्। राति मदिरा सेवन गरेपछि अचेत भएर उनको मृत्यु भएको महिलाले प्रहरीमा प्रारम्भीक बयान दिएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नविन कार्कीले जानकारी दिए।

'अहिलेसम्म केही खुलेको छैन। राति मापसे गरेको देखिन्छ,' डीएसपी कार्कीले भने।

मृतकको शरीरमा कुनै प्रकारको चोटपटक भने देखिएको छैन। उनी बेला बेलामा महिलाको कोठामा जाने गरेको खुलेको छ। शनिवार पनि उनी महिलाको कोठामा गएका थिए। राति नै महिलाले 'ट्याक्सी बोलाएर अस्पताल लैजान खोज्दा' प्रहरी घटनास्थलमा पुगेको थियो। त्यहीँबाट प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो। प्रहरी पुग्दा शेर्पाको मृत्यु भइसकेको हो।

'एक जना चिनेको ट्याक्सी बोलाएर लैजान लाग्दा हाम्रो टोली पुगेको थियो। थप अनुसन्धान भइरहेको छ,' डीएसपी कार्कीले भने।

शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ। शुक्रवारमात्र भक्तपुरमा एकै घरका तीन जनाको शव फेला परेको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell