PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बारम्बार करणीको प्रयास गर्दा बाहिरियो घटना, एक जना पक्राउ



पहिलोपोस्ट

बारम्बार करणीको प्रयास गर्दा बाहिरियो घटना, एक जना पक्राउ

सिरहा : सिरहामा एक बालिकाको बलात्कार भएको छ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

रामचन्द्रले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोज्दा घटना प्रहरीसम्म पुगेको हो। घटना बाहिरिएसँगै रामचन्द्रले १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको तथ्य खुलेको छ। पीडित बालिकाले १० दिनअघि पनि आफूलाई गोठभित्र बलात्कार गरेको प्रहरीलाई बताएकी छन्।

बालिकाको बयानको आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको टोलीले रामचन्द्रलाई पक्राउ गरेको र थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell