काठमाडौं : कोभिड-१९ संक्रमणको हिसाबले सबैभन्दा कम प्रभावित भएको प्रदेश हो गण्डकी। गण्डकीमा आइतवार बिहानसम्मको अध्यवावधिक विवरणअनुसार दुई हजार ९६८ जना कोभिड-१९ का संक्रमित पहिचान भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ। सबैभन्दा कम संक्रमित रहेको कर्णाली प्रदेशमा दुई हजार ७८६ जनामा संक्रमण पहिचान भइसकेको छ।
आइतवार मात्र गण्डकीमा थप ६५ जनामा कोभिड-१ को संक्रमण पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा पछिल्पलोटक थप २९ जनामा संक्रमण पुष्टि भएको छ। बिहान १० बजेको अपडेटअनुसार क्षयरोग केन्द्रमा भएको परीक्षणमा लमजुङका १०, गोरखाका ७, नवलपरासी व.सू.प ६, तनहुँका ५ र स्याङ्जाका १ जना रहेको निर्देशनालयले जनाएको छ।
त्यस्तै बिहान ९ बजेको अपडेटअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै बिहान ७:५० बजेको अध्यवाधिक विवरणअनुसार क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा स्याङ्जाका ४, कास्कीका २, लमजुङका १६ जना तथा चितवन मेडिकल कलेज प्रयोगशाला चितवनमा लमजुङका १ तनहुँका १ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म गण्डकी प्रदेशमा १८६१ जना उपचारपछि संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै हाल १ हजार ८३ जना संक्रमित आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
कुन जिल्लामा कति?
आइतबार बिहान १० बजेसम्मको अध्यावधिक विवरण अनुसार सबैभन्दा बढी नवलपरासी पूर्वमा संक्रमितहरु पहिचान भएका छन्। नवलपरासी पूर्वमा ६७५ जनामा कोभिड-१९ को संक्रमित पहिचान भएकामा ४०० जना उपचारपछि संक्रमण मुक्त भइसकेका छन् भने २७२ आइसोलेसनमै छन्। जसमध्ये ३ जनाको मृत्यु भएको छ।
मृत्यु र सक्रिय संक्रमितको आधारमा सबैभन्दा खराब स्थिति कास्की जिल्लाको छ। कास्कीमा हाल ३५२ सक्रिय संक्रमित छन् भने १० जना संक्रमितको मृत्यु भइसकेको छ। कास्कीमा हालसम्म ५९४ जना संक्रमित पहिचान भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
हाल मुस्ताङमा कुनै पनि सक्रिय संक्रमित छैनन्। त्यहाँ १ जनामा संक्रमण पहिचन भए पनि संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै म्याग्दीमा १ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
त्यसतै मनाङमा २ जना संक्रिय संक्रमित छन्। ६ जनामा संक्रमण पुष्टि भएको मनाङमा ४ जना संक्रमण मुक्त भइसकेका छन्।
२७ जनाको मृत्यु
काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत गण्डकी प्रदेशमा थप तीन जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ। योसँगै गण्डकीका मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाको छ। जुन प्रदेशको कुल संक्रमितको ०.९० प्रतिशत हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतवार स्वास्थ्य निर्देशनालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार थप तीन जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा गोरखाका एक पुरुष तथा तनहुँ र कास्कीका २ महिला रहेका छन्।
मृत्यु हुनेमा तनहुँ, आंवुखैरेनी नगरपालिका-४ निवासी ७६ वर्षीया महिला छन्। उनको २०७७ भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगंजमा मृत्यु भएको मन्त्रालयले आइतवारमात्र जानकारी गराएको निर्देशनालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। २० गते अस्पताल भर्ना भएकी उनमा मुटु सम्बन्धी समस्या थियो।
त्यस्तै गोरखा भीमसेनथापा -३ स्थायी बसोबास गर्ने ४५ वर्षीय पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा शनिवार मृत्यु भएको छ। उनमा २३ गते संक्रमण पुष्टि भएको थियो।
त्यस्तै कास्की मादी-४ स्थायी घर भई हाल काठमाडौं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको शुक्रवार मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले आइतवार नै निर्देशनालयलाई जानकारी गराएको वक्तव्यमा उल्लेख छ। २६ गते बिहान ११:२८ बजे शसस्त्र प्रहरी वल अस्पताल, बलम्बुमा मृत्यु भएका पुरुषमा २३ गते संक्रमण पुष्टि भएको थियो।