PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नारायणकाजीले गठन गरे स्वयंसेवी समूह : कोरोना नियन्त्रण गर्न सबैको योगदान जरुरी छ



पहिलोपोस्ट

नारायणकाजीले गठन गरे स्वयंसेवी समूह : कोरोना नियन्त्रण गर्न सबैको योगदान जरुरी छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सचिवालय अन्तर्गत कोभिड-१९ स्वयम सेवा समूह गठन गरेका छन्। कोरोना नियन्त्रणमा सरकारको पहललाई सहयोग गर्न भन्दै श्रेष्ठले २४ सदस्यीय स्वयम सेवी समूह गठन गरेका हुन्।

एक विज्ञप्ति जारी गर्दै उनले समूह गठन भएको जानकारी दिएका छन्। उपचार, मनोपरामर्श, विदेशमा रहेका नेपालीको घर फिर्ती लगायतका विषयमा समन्वय गर्ने श्रेष्ठले बताए। सरकारको कामलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने भन्दै समूह गठन गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ।

यो समूहले ट्रेसिङमा परेका ब्यक्तिको पीसीआर परीक्षण गर्न सहजिकरण गर्ने बताइएको छ।

सरकारले अघि बढाएको नीति तथा कार्यक्रममा सहयोग गर्ने तथा जनचेतना फैलाउने पनि विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell