PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन असोज १ गते माइतीघरमा दीप प्रज्वलन, घरघरमा दीपावली मनाउन आग्रह



पहिलोपोस्ट

बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन असोज १ गते माइतीघरमा दीप प्रज्वलन, घरघरमा दीपावली मनाउन आग्रह
फाइल फोटो

काठमाडौं: सरकारले असोज १ गते बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन असोज १ गते दीपावली मनाउन आग्रह गरेको छ। त्यही दिन साँझ ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले एक मिनेट मौनधारणा गर्न आग्रह गरे। 'साँझ ८ बजे दीपावली गरेर स्वास्थ्यकर्मीको मनोबल बढाउन अनुरोध गर्दछु,' उनले भने।

सेप्टेम्बर १७ अर्थात असोज १ गते बिरामी सुरक्षा दिवस परेकाले त्यसलाई सप्ताहव्यापी रुपमा मनाउन सरकारले आग्रह गरेको हो।

तीनै तहका सरकारलाई दीपावली मनाउन पोखरेलले आग्रह गरे। बिरामी र स्वास्थ्यकर्मीको सुरक्षाबारे थाहा पाउन तथा यसको महत्वबारे प्रस्टाउन दिवस मनाउन लागिएको उनको भनाई छ। देशभर खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका अपहेलनाका घटनामा समेत यस्ता कार्यक्रमले कमी आउने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell