कैलाली : धनगढीमा आइतवार थप ६७ जनामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ६७ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये २८ जना धनगढीमा कार्यरत प्रहरी रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार जनामा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ। उनीहरूमध्ये ७९ जना उपचाररत छन् भने ३४ जना प्रहरी संक्रमणमुक्त भइसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।