PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ओली-प्रचण्ड भेट : स्थायी कमिटीकाे निर्णय सर्कुलर गर्ने विषयमा छलफल



पहिलोपोस्ट

ओली-प्रचण्ड भेट : स्थायी कमिटीकाे निर्णय सर्कुलर गर्ने विषयमा छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ। आइतवार साँझ भएको भेटमा स्थायी कमिटी बैठकले गरेको निर्णयको सर्कुलर जारी गर्ने विषयमा छलफल भएको हो।

शुक्रवार सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएको छ। तथापी पार्टी सञ्चालनका क्रममा ओलीसँग समन्वय गर्नुपर्ने निर्णय बैठकले गरेको थियो।

उता, नेकपाको अन्तरिम विधानमा ओली प्रचण्डले छलफल गरेर दुवै अध्यक्षको हस्ताक्षरमा सर्कुलर, निर्देशन जारी गर्ने व्यवस्था छ।

दुई अध्यक्षबीचको भेटमा लामो समयको अन्यौलताका बीच सकिएको स्थायी कमिटी बैठकको समीक्षा पनि भएको बताइएको छ। स्थायी कमिटीले अध्यक्षद्वयको कार्यविभाजन, महाधिवेशन लगायतका विषयमा निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell