PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

डब्लुएचओ भन्छ : एक दिनमा अहिलेसम्मकै उच्च संक्रमणको रेकर्ड



पहिलोपोस्ट

डब्लुएचओ भन्छ : एक दिनमा अहिलेसम्मकै उच्च संक्रमणको रेकर्ड
हिन्दुस्तान टाइम्स

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको छ। २४ घन्टामा विश्वभर ३ लाख ७ हजार ९ सय ३० जना मानिसमा संक्रमण देखिएको संगठनले जनाएको हो

डब्लुएचओका अनुसार एकै दिन ५ हजार ५ सयभन्दा धेरै मानिसले विश्वभरमा ज्यान गुमाएका छन्। यससँगै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ।

भारत, अमेरिका र ब्राजिलमा संक्रमितको संख्या बढ्दा नयाँ रेकर्ड बनेको हो। विश्वभर अहिलेसम्म २ करोड ८० लाख मानिसमा कोभिड १९ को संक्रमण देखिएको छ जसमा आधा अमेरिकाजमा मात्रै छन्।

६ सेप्टेम्बरमा यसभन्दा अगाडिको अत्याधिक संक्रमित फेला परेको रेकर्ड थियो। त्यस दिन डब्लुएचओले ३ लाख ६ हजार ८ सय ५७ जना नयाँ संक्रमितको तथ्याङ्क रेकर्ड गरेको थियो।

सबैभन्दा धेरै रफ्तार कहाँ?

आइतवार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ केस फेला पर्‍यो भने उसलाई पछ्याउँदै अमेरिकामा ४५ हजार ५ सय २३ जनामा र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा संक्रमण देखियो।

अमेरिका र भारतमा आइतवार हजारभन्दा धेरै मानिसको मृत्यु भयो भने ब्राजिलले मृत्यु हुनेको संख्या ८ सय ७४ रहेको जनाएको छ, पछिल्लो २४ घन्टामा।

संक्रमितको संख्यामा भारत विश्वकै दोस्रो ठूलो मुलुक हो। अमेरिका यो सूचीको शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell