PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

दीर्घरोग नभएका ४० वर्षीय युवकसहित बीपी प्रतिष्ठानमा दुई जना कोभिड १९ संक्रमितको मृत्यु



फूलमाया पुरी

दीर्घरोग नभएका ४० वर्षीय युवकसहित बीपी प्रतिष्ठानमा दुई जना कोभिड १९ संक्रमितको मृत्यु
फाइल फोटो।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङको धनपालथान वडा नम्बर ६ का एक पुरुषको आइतवार राती ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४० वर्षीय ती पुरुषमा गत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिष्ठानको अब्जर्वेसन वार्डमा भर्ना भएका उनको प्रतिष्ठानकै प्रयोगशालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो।

कुनै पनि किसिमको दीर्घ रोग नभएका ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएकै दिन राति १०:३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

त्यस्तै, अर्का मोरङको विराटनगर महानगरपालिकाका पुरुषको पनि आइतवार नै मृत्यु भएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार विराटनगरको म्याक्स अस्पतालबाट रेफर भएका ती व्यक्तिमा गत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो, खोकी श्वासप्रश्वासमा कठिनाई भएपछि अस्पताल भर्ना भएका ती व्यक्तिको प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो। उनमा उच्च रक्तचापको दीर्घ रोग थियो।

गत १७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती व्यक्तिको आइतवार दिउँसो २:१८ बजे मृत्यु भएको डा. सापकोटाले जानकारी दिए।

आइतवार मृत्यु भएका दुवैको नेपाल सरकारको प्रोटोकल अनुसार शव व्यवस्थापन हुने प्रतिष्ठानले जनाएको छ।

बीपी प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट २६ जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell