PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

टोटेनहमलाई हराउँदै एभर्टनको सुखद सुरुवात



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै एभर्टनको सुखद सुरुवात

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्स्परलाई हराउँदै एभर्टनले सिजनको सुखद सुरुवात गरेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा एभर्टनले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एभर्टनको जितका लागि डोमिनिक कालभेर्टले लेविनले निर्णायक गोल गरे। उनले खेलको ५५ औं मिनेटमा लुकास डिग्नेको पासमा गोल गर्दै लिगमा टिमको सुखद सुरुवात गराए।

त्यस्तै गएराति नै भएको इपिएलकै अर्को खेलमा न्यु क्यासलले वेस्ट ह्यामलाई २-० ले हरायो। ५६ औं मिनेटमा कलुम विल्सन र ८७ औं मिनेटमा हेन्डरिकको गोलमा न्युक्यासलले पनि लिगमा पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell