PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चितवनमा दुई वर्षे बालकसहित थप २८ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा दुई वर्षे बालकसहित थप २८ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : चितवनमा थप २८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो। १ सय ७३ वटा नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमित हुनेहरुमा २ वर्षे बालकदेखि ९ जना महिलासमेत रहेका छन्। भरतपुर महानगरपालिकामा ११, कालिका नगरपालिकामा १०, रत्ननगर नगरपालिकामा १ र इच्छाकामना नगरपालिकामा ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell