PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई पटकको अग्रता जोगाउन नसक्दा लेभान्टेमाथि भ्यालेन्सियाको शानदार जित



पहिलोपोस्ट

दुई पटकको अग्रता जोगाउन नसक्दा लेभान्टेमाथि भ्यालेन्सियाको शानदार जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सियाले लेभान्टेमाथि जित निकाल्दै सिजनको सुखद सुरुवात गरेको छ। मेस्टल्ला स्टेडियममा भएको खेलमा घरेलु टोलीले लेभान्टेमाथि ४-२ को शानदार जित निकालेको हो।

लेभान्टेको जितमा गाब्रिय पौलिस्टा, माक्सिमिलिआनो गोमेज र मानु भल्लेजोले गोल गरे। अर्कोतर्फ लेभान्टेको लागि जोसे लुइस मोरालेसले दुबै गोल गरे।

खेलको पहिलो मिनेटमा मोरालेसको गोलमा लेभान्टेले अग्रता बनाएको थियो। तर १२ औं मिनेटमा गाब्रियलले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि खेलको ३६ औं मिनेटमा मोरालेलसले नै जर्ज मिरामोनको पासमा गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए। तर तीन मिनेट भित्रै गोमेजले खेल बराबरीमा ल्याए। पहिलो हाफ २-२ को बराबरीमा रोकियो।

दोस्रो हाफमा भल्लेजोले दोहोरो गोल गरे जुन घरेलु टोलिको जितका लागि कोषेढुंगा सावित भयो। उनले खेलको ७५ र ९० औं मिनेटमा गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell