PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोखरामा ७ प्रहरीसहित थप १७  जनामा कोभिड १९ संक्रमण, गण्डकी प्रदेशमा अहिलेसम्म २८ को मृत्यु



पहिलोपोस्ट

पोखरामा ७ प्रहरीसहित थप १७  जनामा कोभिड १९ संक्रमण, गण्डकी प्रदेशमा अहिलेसम्म २८ को मृत्यु

काठमाडौ : पोखरामा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १७ जनामा कोभिड पोजेटिभ देखिएको हो। पोखरा महानगरपालिका - ४ र १७ मा संक्रमण देखिएका सात जना भने नेपाल प्रहरीमा कार्यरत हुन्।

त्यस्तै, पोखरा महानगरपालिका-८ का २१ वर्षीय महिलामा संक्रमण देखिएको छ जो पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन्। पोखरा महानगरपालिका- ३३ का २३ वर्षीय पुरुष, १४ का ३६ वर्षीय पुरुष, १७ का २७ वर्षीय पुरुष भारतबाट र ७ का ४४ वर्षीय संक्रमित पुरुष भने जापानबाट आएर क्वारेन्टाइनमा बसेका थिए।

त्यसैगरी, गण्डकी प्रदेशको बाग्लुङमा पनि थप २ जनालाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमण भएका २८ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell